सिन्धुली – प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रहरीको वृत्ति विकासका लागि ज्ञान, सीप, व्यक्तिगत विकास र आचरण सुधार हुनपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रहरीको वृत्ति विकास तथा उत्प्रेरणा सम्बन्धी अनुशिक्षण दिँदै एसएसपी भण्डारीले यस्तो सुधारले प्रहरीको वृत्ति विकास तथा उनीहरुमा उत्प्रेरणा अभिवृद्धि भई संगठनको श्रीवृद्धि हुने उनले बताए ।


ADVERTISEMENT

# # #


शुक्रवारदेखि बागमति प्रदेश प्रहरी परिक्षण केन्द्र सिन्धुलीमा शुरु भएको एक साताको प्रहरी कर्मचारीको वृत्ति विकास तथा उत्प्रेरणा कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । सात दिन सम्म चल्ने अनुशिक्षण कार्यक्रममा केन्द्रले प्रहरीको वृत्ति विकास तथा उत्प्रेरणाका लागि प्रशिक्षण दिनेछ ।