काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय २९जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ४ सय ८४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १० लाख ७४ हजार ४ सय ४८ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार २३ जना रहेका छन् भने २२ हजार २ सय १९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ११ हजार ८ सय ९३ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ३ सय २६ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मत्यु भएको छ ।