काठमाडौँ – साझा पार्टीले २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा पनि सरकार उदासिन भएको भन्दै चिन्त प्रकट गरेको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै साझा पार्टीले डा केसीले राखेका माग जायज भएकाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएको हो । ‘डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो।’ विज्ञप्तीमा भनिएको छ, ‘होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार भएका बेला मात्र डा केसी ६ पटक अनसन बस्नुपरेको भन्दै साझा पार्टीले अहिले उनको स्वास्थ्य नाजुक अवस्थामा पुग्दा पनि वार्ता टोली गठन नगर्नु दुःखद भएको बताएको छ । साझाले प्रश्न गरेको छ, “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो ?’

यसअघिकै माग कार्यान्वयन गर्नभन्दै डा केसी अनसन बस्नु सरकारका लागि लज्जाको विषय भएको साझाको ठहर छ । सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने साझाले सचेत गराएको छ ।