बुटवल – प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभाको बैठकले स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव दुई तिहाईले पारित गरेको हो ।


ADVERTISEMENT


प्रदेश सभा बैठकमा प्रदेशका आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती, गढुवा गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती किनाराको मैदानी भाग राप्ती उपत्यकाको देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदेशसभा बैठकमा उपस्थित कुल ८२ जना सदस्यमध्ये ६९ जना सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेसँगै प्रदेशका सभामुखले नेपालको संविधानको २८८ को उपधारा २ बमोजिम उक्त मन्त्री केसीले पेस गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

प्रस्तावको विपक्षमा १३ जनाले मतदान गरेका थिए । प्रदेश नं. ५ को प्रदेशसभामा कुल ८७ जना सदस्य रहेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रदेशको राजधानीको प्रस्ताव विपरित मतदान गर्न ह्वीप जारी गरेको थियो ।