काठमाडौँ – डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गत प्रत्यक्ष ‘लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । असोज ९ गते देखि १५ गतेसम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र गरिएको थियो ।


ADVERTISEMENT


जसअन्तर्गत असोज १६ गते भएको लक्की ड्रमा डिशहोमको सेटअप बक्सको सीएएस आइडी नम्बर ०२५१९१६२५३१ र ०२५१९०८१५७५ बिजेता बन्न सफल भएका छन् ।


ADVERTISEMENT

# # #


हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेश च्यानल नम्बर १००, शोकेश २ च्यानल नं. १०१, र रमाईलो टिभीमा लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

योजना अनुसार डिशहोमले हरेक हप्ता रु २ लाख प्रदान गर्नेछ जसमा २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १ लाख नगद प्राप्त गर्नेछन् ।

अर्को प्रत्यक्ष लक्की ड्र असोज २३ गते साँझ ५ बजे हुने डिशहोमले जनाएको छ । असोज १६ देखि २२ गते सम्म फन्ड ट्रान्सफरबाट रिचार्ज गर्ने ग्राहकहरुलाई उक्त लक्की ड्रमा मा सामेल गराइनेछ । यस नयाँ योजना अन्तर्गत, अब डिशहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट २ वर्षे रिचार्ज गर्ने ग्राहकहरुले लाइभ लक्की ड्रमा डब्बल मौका पाउने छन् ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताहिक लक्की ड्रमा सहभागी गराईने डिशहोमले जनाएको छ ।