काठमाडौँ — चिकित्सा शिक्षा सुधारका लागि २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजूक बन्दै गएको छ । उनको मुटुमा हरेक मिनेटमा मुटुको चाल असामान्य देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


ADVERTISEMENT


मुटुको चाल असामान्य भएपछि चिकित्सकहरुले यसबाट मुटुले काम गर्न छोड्न समेत सक्ने जोखिम बढेको बताएका छन् । ‘हरेक मिनेटमा एक–दुई पटक असामान्य चाल देखिएको छ, यसले सडन कार्डियाक एरेस्ट भएर मुटुले काम गर्न छोड्ने समेत भएकाले जोखिम बढेको छ,’ उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले बताए ।


ADVERTISEMENT

# # #


आचार्यकाअनुसार डा. केसीमा छातीमा दुखाइ, थकाइ, पिसाबमा समस्या, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेसहित सुन्ने, बोल्ने र सोच्ने क्षमतामा कमी जस्ता समस्या देखिएका छन् । ‘श्वास फेर्न गाह्रो भएपछि शुक्रवार अक्सिजन दिइएको थियो,’ आचार्यले भने ।

स्वास्थ्यस्थिति अत्यन्त जटिल भएपछि चिकित्सकहरुले केसीलाई आइसीयुमा राखेर उपचार गर्न खोजेपनि उनले उपचार गराउनै अस्वीकार गरिरहेका छन् ।