काठमाडौँ – नेपालका लागी ‘एसकोर्ट्स कन्सट्रक्सन इक्विपमेन्ट’को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले एसकोर्ट्स मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ ।


ADVERTISEMENT


सो अफर अन्तर्गत कुनै पनि एसकोर्ट्स मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको ‘होम एप्लिान्स’ प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।


ADVERTISEMENT

# # #


आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्व लाई लक्ष्ति गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि व्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहकहरु लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

एसकोर्ट्स ब्रान्डको पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटर लगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन् ।

एसकोर्ट्सले बिक्रि लाई मात्र नभइ बिक्रि पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो ।