काठमाडौँ – सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । असोज अन्तिम साताको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मदिरामा लगाएको प्रतिवन्ध फुकुवा गरेको बताए ।


ADVERTISEMENT


सरकारले कोभिडपछि चैत २४ गते राजपत्रमा सुचना प्रकासित गरेर मदिरा आयातमा प्रतिवन्ध लगाएको थियो।


ADVERTISEMENT

# # #


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई महिना अघिनै विदेशी मदिरा आयात प्रतिवन्ध फुकुवा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेको थियो। डा. युवराज खतिवडा अर्थमन्त्री रहेका बेलानै राजस्वमा प्रतिकुल प्रभाव परेको भन्दै अर्थले वाणिज्य मन्त्रालयलाई मदिरा आयात फुकुवाको प्रस्ताव पठाउन आग्रह गरेको थियो।

एक वर्षमा १ अर्बभन्दा बढीको विदेशी मदिरा आयात हुने गरेकोमा दशैँ तिहारको समयमा मात्र कुल आयातको ३० प्रतिशतभन्दा बढी माग हुने गरेको छ । दशैँ/तिहार नजिकिँदै गएपछि व्यवसायीहरुले सरकारसँग लबिङ बढाएका थिए ।