बारा– एमाले बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसलाई बाइबाई नगर्दासम्म तराई मधेशको बिकाश हुन नसक्ने ठोकुवा गरेका छन् ।


ADVERTISEMENT


बाराको निजगढमा बोल्दै उनले तराई मधेश बिरोधी नेपालमा कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस मात्रै रहेको दाबी गर्दै आगामी स्थानीय तह निर्वाचनमा मधेशबाट कांग्रेसलाई बढार्नु पर्ने बताए।


ADVERTISEMENT

# # #


‘मेरो नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको आधारमा नागरिकता दिने निर्णय गरेको हो, त्यो निर्णय गर्दा कांग्रेसले आपत्ति जनाएको थियो,’ नेता खनालले भने, ‘मधेशका सवै नागरिक ढुक्क भए हुन्छ, नेकपा एमाले रहेसम्म नेपाली भुमीमा रहेका कुनै पनि नागरिक नागरिकता बिहीन हुने छैनन, हामी नागरिकता दिलाएरै छाडछौं ।’

उनले बिदेशीलार्इ भने कुनै हालतमा नेपाली नागरिकता दिन नसकिने बटम लाइन सुनाए । ‘नेपालको भूमीभित्र बस्ने कुनै पनि नागरिक नागरिकता बिहिन हुने छैनन, कुनै पनि बिदेसीले नेपाली नागरिकता पाउने छैनन,’ खनालले भने।

कार्यक्रममा उनले नेपाली कांग्रेसबाट सयौँ कार्यकर्ता एमाले प्रवेश गराएका थिए ।