काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ६४ कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या ८४ हजार ५ सय ८८ जना निको भएको प्रवक्ता डा.गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १६ हजार ५ सय ९८ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १२ लाख ३७ हजार ६ सय ३६ ३८ पीसीआर परीक्षण गरिएको छ ।

हाल ४ हजार ८ सय २५ जना रहेका छन् भने ३६ हजार ५ सय ३३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । २४ हजार १ सय ९४ जना होम आइशोलेसनमा रहेका छन् भने १२ हजार ३ सय ३९ जना संस्थागत आइशोलेसनमा छन् ।

कुल संक्रमित मध्ये ६९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमितक मत्यु भएको छ ।