बैतडी – बैतडीको पाटन विमानस्थलबाट हवाई उडान पुनः शुरु भएको हो ।  धनगढीलाई आधार बनाएर समीट एयरले शुक्रबारदेखि नियमित उडान सुरु गरेको हो ।


ADVERTISEMENT


२०५२ देखि पूर्णरुपमा बन्द रहेको बैतडीको पाटन क्षेत्रको आकाशमा २५ वर्षपछि जहाज देखिएको हो । धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।


ADVERTISEMENT

# # #


विमानस्थल सुचारु भएसँगै स्थानीयमा खुसियाली छाएको छ । २०३५ सालदेखि हवाई सेवा सुरु भएको पाटनमा यात्रु अभाव भएको भन्दै २०५२ सालदेखि बन्द गरिएको थियो । तर, रनवे कालोपत्रे गरेर पुनः सुचारु गरिएको हो ।

यसअघि पाटनमा असोज १७ गते परीक्षण उडान गरिएको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टिम विमानस्थलको निरीक्षणका लागि त्यहाँ पुगेका थिए ।