काठमार्डौँ – नेपालका लागि निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसानको सर्वाधिक प्रतीक्षित ईभी निशान लिफ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएपछि सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयमा हुन सकेको थिएन ।


ADVERTISEMENT


सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेपछि निसानले २०२१ अप्रिलमा लन्च गर्ने घोषणा गरेको छ । निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो भने यो गाडी बजारमा ग्लोबल लिडर पनि बनिसकेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिलो निसान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उक्त गाडीमा ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ ।