कञ्चनपुर– कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादसैँ मनाउनका लागि खसी उपलब्ध गराइएको छ ।


ADVERTISEMENT


लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ ।


ADVERTISEMENT

# # #


गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताए। यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन्। सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् । रासस