काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ ९फिफा०ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।


ADVERTISEMENT


नेपाल छ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १ सय ७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १ सय ७४औँ स्थानमा छन् ।

बंगलादेश सात स्थान तल झर्दै १ सय ९६औँ स्थानमा, एक स्थान तल झरेका श्रीलंका १सय ९८ औँ स्थानमा तथा पाकिस्तान २ सयऔँ स्थानमा यथावत् छ ।

फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् ।