प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीबाट रथी दर्जामा पदोन्नति भएका ईश्वर हमाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।


ADVERTISEMENT


गत असार ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले हमाललाई रथीमा पदोन्नति गरेको थियो ।


ADVERTISEMENT

# # #


मंगलवार जंगी अड्डामा आयोजित कार्यक्रमका बीच महारथी थापाले हमाललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

हमालले हाल संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ संयुक्त राष्ट्र विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ) मिसनमा फोर्स कमाण्डको जिम्मेवारी सम्हालिरहेका छन् ।