काठमाडौँ – भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे स्वदेश प्रस्थान गरेका छन् । बुधबार नेपाल आएका नरवणे तीन दिवसीय भ्रमण पूरा गरी शुक्रबार अपरान्ह स्वदेश प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


भ्रमणका क्रममा नरवणेले पशुपतिनाथ, वसन्तपुर लगायतका धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरेका थिए । उनले नेपाली सेनालाई स्वास्थ्य उपकरण र एम्बुलेन्स समेत सहयोगस्वरुप प्रदान गरेका थिए । नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


स्वदेश फर्किनुअघि नरवणेले आजै प्रधानमन्त्री केपी शर्माओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए । सोक्रममा उनले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सुनाएका थिए । यस्तै उनले दुई देशबीचको रक्षा सहयोगलाई अझ मजबुत बनाउन काम गर्ने बताएका थिए ।

नरवणेले शुक्रबार नै काठमाडौँस्थित भारतीय दूतावासबाट नेपालका २ लाख ३० हजार भारतीय सेना र उनको परिवारका लागि गरिएका कल्याणकारी कामहरुको बारेमा जानकारी लिएका थिए । यस्तै उनले भारतको दोस्रो ठूलो वीरता पुरस्कार ‘महावीर चक्र’का विजेता हवलदार दिल बहादुर छेत्रीलाई कल्याणकारी अनुदानसमेत प्रदान गरेका थिए ।