काठमाडौं – मार्गदर्शनन्यूजडटकमका सम्पादक दीपक पाठकलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । पूणेश्वर प्रसाद उपाध्यायको इजलासले सोमवार सम्पादक पाठकलाई सफाइ दिएको हो ।


ADVERTISEMENT


सम्पादक पाठकले केही पहिले सामाजिक सञ्जालमार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक आलोचनालाई गरेका थिए । सोही आलोचनाबारेमा दाहालको सचिवालयले प्रेस कान्सिलमा दिएको निवेदनलाई हतियार बनाएर प्रेस काउन्सिलले सम्पादक पाठकविरुद्ध साइवर क्राइममा उजुरी दिएको थियो । सो उजुरीका आधारमा प्रहरीले वैशाख १७ गते पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ परेको ४ दिनमा अदालतले धरौटीमा रिहा गरेको थियो ।


ADVERTISEMENT

# # #


उक्त मुद्दाको सुनुवाई गर्दै अदालतले सम्पादक पाठकविरुद्ध विपक्षी प्रेस काउन्सिल नेपालले गरेको माग दाबी नठहर्ने फैसला गरेको छ ।
अदालतको सो फैसलापछि सम्पादक पाठकले अदालत र आफ्नो पक्षमा वकालत गर्ने अधिवक्ताहरुलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवेकमा लेखेका छन्, “२०७६ चैत्र २६ गते सामाजिक सन्जालमा एउटा प्रतिनिधि राजनीतिक आक्रोश व्यक्त गरेकै आधारमा तत्कालिन प्रेस काउन्सिलका कथित स्वघोषित अध्यक्षको मसिनो र कमजोर टेको समाएर म माथी सम्मानित काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दाबाट आज सफाइ पाएको छु ।”

उनले थपेका छन्, “आफ्नो र आफ्ना परिवारको अभिस्ट र महत्वकांन्क्षा पुरा गर्न हजारौं नेपालीहरुको ज्यान जाने गरी थोपरिएको कथित जनयुद्द र यसका पूर्व युद्ध–सरदारहरुको विरुद्ध म निरन्तर रुपमा बोलिरहनेछु, यसबापत म एउटा होइन हजार मुद्दा खेप्न तयार छु ।”

पत्रपत्रिका र पत्रकारसँग सम्वन्धित निकाय प्रेस काउन्सिलले नै पत्रकारले गरेको राजनीतिक आलोचनालाई अपराधको रुप दिएर थुनाउनु अन्यायपूर्ण भएको भन्दै आम पत्रकार, वुद्धिजीवी, वकील तथा सर्वसाधारणले समेत सामाजिक सञ्जाल मार्फत विरोध जनाएका थिए ।
सम्पादक पाठक पक्राउ परेपछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखालगायत पत्रकारितासँग सम्वन्धित संघसंस्थाले भर्त्सना गर्दै तत्काल रिहा गर्न र झुठा मुद्दा खारेज र्ग माग गरेका थिए ।