काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८०.३८ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२ हजार ९ सय ६० वटा पीसीआर परीक्षण भएको छ । हालसम्म १५ लाख ६४ हजार २ सय १४ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा १ हजार ५८ जना रहेका छन् भने ३८ हजार ३५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार १ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितले ज्यान गुमाएका छन् ।