काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै छठ पर्व मनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


छठ पर्वका अवसरमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले सरकारको उदासिनताका कारण बढ्दो संक्रमण बीढरहेकाले नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेको छ । यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।’ उनले भनेका छन्, ‘तसर्थ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु ।’

सभापति देउवाले श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

उनले चाड–पर्वहरु नेपालको सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहरहरु रहेको बताएका छन् । उनले यी चाड–पर्वहरुले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उल्लेख गरेका छन् ।