काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माओलीबीचको भेटले लिएर कांग्रेसमा तरंग पैदा गरेको छ । कांग्रेस नेताहरुले यसबारे प्रतिक्रिया दिन थालेका छन् ।


ADVERTISEMENT


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा र प्रधानमन्त्री ओलीबीचको भेटबारे ट्वीटरमार्फत प्रतिक्रिया दिएका छन् । कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश भएको स्पट गराउँदै उनले यसबारे भ्रम नपाल्न अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले नेकपाको आन्तरिक द्वन्द्वमा कांग्रेस निरपेक्ष रहेको समेत स्पष्ट पारेका छन् । प्रवक्ता शर्माले यताउताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता नगर्न समेत सचेत गराएका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘भ्रम : कोहि कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !’

यस्तै कांग्रेसका अर्का नेता धनराज गुरुङले नेकपाको सत्ता–भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जान नहुने भन्दै कांग्रेस सभापति देउवालाई सजक गराएका छन् ।

शनिबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा छलफल भएको समाचार बाहिरिएका थिए ।