झापा – झापामा एकजना व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेका छन् ।


ADVERTISEMENT


दमकका ४७ वर्षीय चुडामणि भण्डारीले आफ्नी श्रीमती टीका देवी पौडेलमाथि खुकरी प्रहार गरेका हुन् । टीकादेवी स्थानीय प्रकाश चन्द दाहालको खेतमा धान उठाउन गएकोमा निजका श्रीमान चुडामणिले शंकाका आधारमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।


ADVERTISEMENT

# # #


स्थानीय प्रकाश चन्दलाई समेत खुकुरी प्रहार गरी घाईते बनाएको र निज घाईतेलाई उपचारको लागी एडभान्स अस्पताल दमक पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने चुडामणिलाई दमकबाट खटिएको प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको अघि बढाएको छ ।