एजेन्सी – बेलायती औषधि निर्माता कम्पनी अस्ट्राजेनेकासँगको सहकार्यमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोभिडविरुद्धको खोप ७० प्रतिशत सफल भएको छ ।


ADVERTISEMENT


खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा ७० प्रतिशत सफल भएको विश्वविद्यालयको दाबी छ । खोप निकै प्रभावकारी तथा सुरक्षित रहेको अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक विज्ञप्तिमा बताएका छन् ।


ADVERTISEMENT

# # #


विश्वविद्याललयले सन् २०२१ भित्र खोपको करीब ३ अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।