काठमाडौँ – उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट शुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण भच्र्युल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सभाको उद्घाटन गरे ।


ADVERTISEMENT


कोरोना संक्रमणको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट हुने महासंघले जनाएको छ । बन्दसत्र १२ गते हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । महासंघको चुनावका लागि यसअघि नै जिल्लानगरका प्रतिनिधिहरु काठमाडौँ आइसकेका छन् ।


ADVERTISEMENT

# # #


वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने महासंघको विधानअनुसार अध्यक्ष राणाले अबको नेतृत्व गोल्छालाई सुम्पिदैछिन् । पटक पटक सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसक्दा वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान आफ्नो प्यानलसहित चुनावी संग्राममा उत्रिएका छन् । ढकालको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ शौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।

महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७, वस्तुगततर्फ १०१, द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ र एशोसिएटतर्फ ९२३ गरी कूल १ हजार १४३ मतदाता रहेका छन् ।