काठमाडौँ – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे एकदिने नेपाल भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । उनले काठमाडौँमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


चिनियाँ राजदूताबासमा भेटवार्ता गरिरहेको फेङ्हेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि उनी प्रधान सेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् ।


ADVERTISEMENT

# # #


उनको आजै चीन फर्किने कार्यक्रम रहेकोमा भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ यो आगमनलाई अर्थपूर्ण मानिएको छ ।