काठमाडौँ – चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले प्रधानमन्त्री केपी शर्माओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहका सुर्य थापाले जनाएका छन् ।


ADVERTISEMENT


भेटमा दुबै पक्षका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको थियो । वेई आइतबार मात्रै नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका थिए । उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वजागत गरेका थिए ।


ADVERTISEMENT

# # #


आजै नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

उक्त वेईलाई समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द थापा, नेपालका लागि चिनियाँ राजदूत होउ यांकी लगायतको उपस्थिति रहेको थियो ।

उनको भ्रमणले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।