काठमाडौं – नेपालको सेयर बजार सोमबार ४.२४ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज भ ने घटेको हो ।


ADVERTISEMENT


एक सय ६१ कम्पनीको १० लाख ३५ हजार ७ सय ९ कित्ता सेयर किनवेच भएको सोमबार ४६ करोड ९३ लाख ७४ हजार ९ सय ४६ रुपैयाँको कारोवार भएको छ ।
आज बैकिङ समूहको सूचक २.५२, होटल समूहको सूचक २०.०५, विकास बैंक समूहको सूचक १.६२, फाइनान्स समूहको सूचक ५.८६, बीमा समूहको सूचक ७९.६, अन्य समूहको सूचक १.७३ अंकले घटेको छ ।


ADVERTISEMENT

# # #


आज ट्रेड्रिङको सूचक २०.७, जलविद्युत समूहको सूचक १४.८९ र उत्पादनमुलक समूहको सूचक २.३३ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएकोे छ ।