काठमाडौं – प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।


ADVERTISEMENT

# # #


सम्बन्धित स्थानीय तहका राजनीतिक दलसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको आयोगले बताएको छ ।

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।