काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा अहिले राजसंस्था फर्किने सम्भावना नरहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोटर्स नेपालमा आयोजित साक्षत्कारमा बोल्दै नेता डा. महतले राजाको पक्षमा जुलुस प्रदर्शन भए पनि तत्काल राजसंस्था फर्किने सम्भावना रहेको बताए । आफ्नो विचार र धारणाअनुसार विचार उठाउने, आवाज उठाउने अधिकार सबैलाई भएको भन्दै उनले भने, ‘राज संस्था फर्किने सम्भावना छैन, तुरुन्तै छैन् । व्यववस्थापनमा सुधार ल्याउनुपर्छ । सुधार गर्न जरुरी छ । उपलब्धि भएको खण्डमा, विकल्पमा जानुहुँदैन् ।’


ADVERTISEMENT

# # #


उनले दैनिक भइरहेको भ्रष्टाचार र असन्तुष्टिको परिणाम पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको उनले बताए । हिन्दूराज्य कायम गरिनुपर्छ भनेर कसैले आवाज उठाउँदैमा यसमा आपत्ति गर्नु नपर्ने उनको भनाई छ । उनले थपे,‘कांग्रेसभित्र पनि केही साथीहरुले हिन्दूराज्यको आवाज उठाएका छन् । आवाज उठाउनु नै अपराध होईन् । संविधान संशोधन गरेर दुई तिहाईले पारित गर्नुपर्छ । आवाज उठाउँदैमा आपत्ति जनाउनुहुँदैन् ।’

यस्तै नेता महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ । उनले भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्ने बताए । उनले भारत र चीनको सम्बन्ध सुधार गर्नपनि नेपालले पनि भूमिका खेल्न सक्ने सुनाए ।

फरक प्रसँगमा उनले आफ्नो पार्टीको महाधिवेशनको तयारी भैरहेको सुनाए । उनका अनुसार क्रियाशिल सदस्यता जिल्ला-जिल्लाबाट यो महिनाभित्र आईपुग्नुपर्छ भन्ने प्रस्ताव छ । महाधिवेशन निश्पक्ष ढंगबाट सम्पन्न गर्नुपर्छ भनेर आफूहरुले आवाज उठाएको पनि महतले सुनाए । उनले भने, ‘हामीले त विधिसम्मत काम हुनुपर्यो भनेका छौं । विधानअनुसार, नीतिअनुरुप काम हुनुपर्छ । बिग्रिएको कुरा सधाुर गर्नको लागि आन्तरिक रुपमा छलफल तथा वार्ता भैराखेको छ। फागुनमै अधिवेशन गर्ने सम्भावना कमै छ । दुई-तीन महिना ढिलो हुन्छ । तर, जेठभन्दा उता जाँदैन् ।’

ट्रान्परेन्सी ईन्टरनेश्नलको रिपोर्टमा सरकारले त्यो आरोप भएकोले स्विकार नगर्ने भनेर भनेको विषयमा सोधिएको प्रश्नमा उनले भने,‘त्यो त सर्भेको आधारमा उनीहरुले भनेको हो । प्रतिवेदन हेर्दा र उनीहरुको विचार हेर्दा प्रधानमन्त्रीले भ्रष्टाचारीलाई सुरक्षा दिएको कुरा रिपोर्टमा आएको छ ।’ उनले संसदको अधिवेशन चालु गर्नुपर्नेमा पनि जोड दिए ।