काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आआफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।


ADVERTISEMENT

# # #


समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवका साथै दुवै निकायका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपाल लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर ।

ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपाल लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ ।

ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालका लागि म्यान्माका राजदूत सेन ओले ।

ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी ।

सबै तस्बिर : प्रदीपराज वन्त/रासस