काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले पार्टीको स्थायी कमिटिको बैठकलाई अर्को पत्र पठाएका छन् ।


ADVERTISEMENT


आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा अनुस्थित रहेका ओलीले पत्र पठाउँदै आफ्नो अनुपस्थितको कारण देखाउँदै पत्र पठाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । स्थायी कमिटिको बैठक सुरु हुनासाथ सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएका थिए ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले आफ्नो पूर्वअडान अनुरुप अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने भएकाले आफू बैठकमा नआएको बताएका छन् ।

पत्रमा अध्यक्ष ओलीले पार्टीलाई विभाजनको डिलमा पुर्याउने प्रचण्डको प्रस्ताव निःशर्त फिर्ता हुनु पर्ने र प्रस्तावमाथिको छलफलमा आफू नआउने बताएका छन् । ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता स्पष्ट छ ।’ अध्यक्ष ओलीले लेखेको पत्रमा भनिएको छ, ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कम्रेडहरुलाई अनुरोध गर्छु ।’

उनले परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचिमाथि आधारिकत भएर गरिने बैठकमा आफ्नो उपस्थिति भने सँधै रहने ओलीले पत्रमा उल्लेख गरेका छन् । आफूले नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको भन्दै उनले प्रचण्डतर्फ इंगित गर्दै भनेका छन्, ‘पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।

यस्तो छ ओलीको पत्र: