काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीको अनुपस्थितिमै सुरु भएको बैठक तीन दिन पछि बस्ने गरी सम्पन्न भएको हो ।


ADVERTISEMENT


बैठकमा सबै स्थायी कमिटी सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन र पत्र अध्ययनका लागि वितरण गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


स्थायी कमिटिको अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजे बस्ने भएको छ । स्थायी कमिटी बैठक लम्बिने देखिएपछि २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस ५ गतेको लागि सार्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए।