काठमाडौँ – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति ‘५जी डबल ब्याण्ड राउटर’ सहितको सेवा प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


यस अघि २.४ गिगाहर्ज सेवा दिदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ ५जी सेवा सुरु गरेको हो । इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले ‘५जी डबल ब्याण्ड राउटर’ सहितको सेवा सुरु गरेको हो ।


ADVERTISEMENT

# # #


५ गिगाहर्जको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाइ कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरिय बनाउने कम्पनीले जनाएको छ । ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।