काठमाडौँ – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा बधाई तथा शुभकामना दिइएको छ ।


ADVERTISEMENT


यसअघि कार्यालयकै प्रमुखका रुपमा नेतृत्व गरेका एआईजी पोखरेललाई वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सन्दीप भण्डारी लगायत मेट्रोका प्रहरी अधिकारीहरुले बधाई तथा शुभकामना दिएका हुन् । वर्तमान प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीको कार्याकालपछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने बाटो खोल्दै एआइजीमा बढुवा भएका पोखरेललाई एसएसपीहरुमा पहिलो नम्बरमा रहेका भण्डारीले सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् ।


ADVERTISEMENT

# # #


पोखरेललाई गत मंसिर २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । आफ्नो ब्याचबाट एआईजीमा बढुवा हुने पोखरेल एकल प्रहरी अधिकारी हुन् । सोही आधारमा क्षेत्री पश्चात आईजी पदका लागि उनी बलियो र एक्लो दाबेदारका रुपमा प्रस्तुत भएका छन् ।

पोखरेलपछि वर्तमान फ्रेस एसएसपीहरुको ब्याचबाट नै नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने छ । त्यसका लागि वर्तमान एसएसपीमा पहिलो नम्बरमा रहेका भण्डारी नै बलियो दाबेदारका रुपमा रहेका छन् ।