काठमाडौँ – नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल)मा सहभागिता जनाउन अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीप मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियाका लागि उडेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् ।


ADVERTISEMENT


अष्ट्रेलियामा सन्दीपले १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि मात्रै उनी बीबीएल खेल्नका लागि तयार हुनेछन् ।


ADVERTISEMENT

# # #


यसअघिका दुई संस्करणमा मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले १० औं संस्करणको बीबीएल होबर्ट हुरिकेन्सबाट खेल्दैछन् । बीबीएल सुरु भइसके पनि सन्दीप नेपालमै रहेका थिए । उनलाई केही साता पहिले कोरोना संक्रमण पनि देखिएको थियो । तर, उनी हाल संक्रमण मुक्त भइसकेका छन् ।

युएईमा भएको १३ औँ संस्करणको इण्डियन प्रिमियर लिगमा सहभागी भएर केही पहिले नेपाल आएका थिए ।