काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ । बैठक केही समय पहिले सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको थियो ।


ADVERTISEMENT

# # #


संवैधानिक परिषद्‍ बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन् । आजको मन्त्रीपरिषद् बैठकले केही महत्वपूर्ण नियुक्ति गर्ने अनुमान गरिएको छ ।