काठमाडौँ – प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता सहमत भएका छन् ।


ADVERTISEMENT


बुधबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । यस्तै प्रचण्डले समेत ओलीमाथि लगाएका आरोपहरु फिर्ता लिने भएका छन् ।


ADVERTISEMENT

# # #


छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी कमिटिको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री ओली पनि सहमत भएका छन् ।

मंैगलबार प्रधानमन्त्री ओलीले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता बिना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति मार्फत जारी गरेका थिए । अध्यादेश जारी भएपछि चौतर्फी विरोध भएको थियो ।