काठमाडौँ – सन् २०३० को एशियाली खेलकुद प्रतियोगिता कतारले आयोजना गर्ने भएको छ । बुधबार भएको प्रतिस्पर्धामा कतारले साउदी अरेबियालाई हराउँदै सन् २०३० को एशियाली खेलकुदको आयोजनाको जिम्मेवारी पाएको हो ।


ADVERTISEMENT


ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एशिया (ओएसी)का ४५ सदस्यले साउदी अरेबियाभन्दा अघि कतारले एशियाली खेलकुद आयोजना गर्ने गरी मतदान गरेका छन् । अनलाइन मार्फत गरिएको उक्त मतदान पछि ओएसीका अध्यक्ष शेख अहमद फहाद अल अहमद अल सबाहले उक्त निर्णय सुनाएका हुन् ।


ADVERTISEMENT

# # #


गत मंसिर १८ गते कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल २०३० को एशियाली खेलकुद आयोजनाका लागि समर्थन गर्न आग्रह सहित नेपाल आएको थियो ।

कतारले दोस्रो पटक ओलम्पिकपछि सबैभन्दा ठूलो खेलकुद मेलाको आयोजना गर्ने अवसर पाएको हो । कतारले सन् २००६ मा पहिलो पटक १० हजार खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र मिडिया सहभागी भएको एशियाली खेलकुद आयोजना गरेको थियो ।

यस्तै साउदी अरेबियाले २०३४ को एशियाली खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको छ । एशियाली खेलकुद प्रत्यक चार वर्षमा हुने गर्छ ।

१९ औँ एशियाली खेलकुद पूर्वी चीनको जिजाङ प्रान्तको राजधानी हङजाउमा १०–२५ सेप्टेम्बर २०२२ मा हुँदैछ भने २० औँ संस्करण १९ सेप्टेम्बर देखि ४ अक्टोबर २०२६ मा जापानको आइची–नायोगामा हुनेछ ।