काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन् । बुधवार बालुवाटारमा सम्पन्न स्थायी कमिटी वैठकमा ओलीले यस्तो प्रस्ताव राखेका हुन् ।


ADVERTISEMENT


नेकपाको विवाद बढ्दै गएपछि ओलीले विभिन्न वरिष्ठ नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । त्यही क्रममा पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेकाले अबको पालो बामदेवको भएको ओलीले प्रस्ताव गरेको एक स्थायी कमिटी सदश्यले बताए ।


ADVERTISEMENT

# # #


यसअघि गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।