काठमाडौँ – बिहीबार साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।


ADVERTISEMENT


संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको अवस्थामा नयाँ अध्यादेशअनुसार नै बैठक बोलाउनु उपयुक्त नभएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गर्न आग्रह गरेपछि बैठक स्थगित भएको हो।


ADVERTISEMENT

# # #


मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। त्यसलगत्तै आकष्मिक मन्त्रीपरिषद्को बैठक बोलाउँदै प्रधानमन्त्री ओलीले सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताबिनै बैठक बस्न मिल्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति मार्फत जारी गराएका थिए ।

त्यसको व्यापक विरोध पछि बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठकमा ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।