काठमाडौं – नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन्। नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् ।


ADVERTISEMENT

# # #


क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो। जसमा वाटमोरसहित पूर्व प्रशिक्षक पुबुदु दसानायके, भारतका अपूर्व देसाइ लगायतले अन्तर्वार्ता दिएका थिए। तर, वाटमोर छनोट भएका हुन् । उनको तलब मासिक १० हजार डलर आसपास हुने बताइएको छ । कर लगायतका विषय टुंगो लागेपछि यो तय हुने बताइएको छ ।

यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । नेपालका पूर्व कप्तान एवं प्रशिक्षक समेत रहेका दासको जिम्मेवारी क्रिकेटसम्बन्धी सम्पूर्ण गतिविधि हेर्नु भएको क्यानले जनाएको छ ।

तीनै जनाको नियुक्ति जनवरी १, २०२१ बाट लागू हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् ।

को हुन् वाटमोर ?

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। १९८८र८९ मा खेलाडी जीवनबाट सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे ।

६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए । श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए ।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु-१९ टिमको प्रशिक्षक रहे। वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने।

पछिल्लो समय वाटमोर सिंगापुरको मुख्य प्रशिक्षक थिए ।