काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारवाही गर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमवार विज्ञप्ति निकाल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वच्छाचारी कदम भएको बताउँदै ओलीसित अनुशासनको कारवाहीका लागि स्पष्टिकरण माग्ने बताए ।


ADVERTISEMENT

# # #


उनले हिजोको स्थायी कमिटीको वैठकले ओलीको यस कदमको भत्र्सना गरेको उल्लेख गरेका छन् । यद्यपि, कुनै व्यक्तिको यस प्रकारको कार्यले पार्टीको एकतालाई कुनै असर नपर्ने उनको दाबी छ । उनले भनेका छन्, ‘पार्टीको सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम जनसमुदायलाई पार्टी एकतावद्ध रहेको स्पष्ट पार्न चाहन्छु ।’ एकतालाई कमजोर पार्ने स्वैच्छाकारी गतिविधिले एकता भत्काउन नसक्ने बताउँदै उनले भ्रमात्मक प्रचारमा विश्वास नगर्न अपिल गरेका छन् ।