काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।


ADVERTISEMENT

# # #


आजै प्रधानमन्त्री ओलीले आफू निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले आकष्मिक मन्त्रीपरिषद्को बैठक बोलाएर प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै २०७८ बैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेकी थिइन् । उक्त कदमको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका साथै चौतर्फी विरोध भएको छ ।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट ७ जना मन्त्रीले पनि आइतबार नै प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश भएको भन्दै सामूहिक राजीनामा दिएका थिए ।