काठमाडौँ – संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट पेश भएका छन् । सर्वोच्चमा आइतबार ३ वटा र सोमबार दिउँसोसम्म थप ५ वटा रिट गरी ८ वटा पेश भएका हुन् ।


ADVERTISEMENT


आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । सोमबार अदालत खुलेसँगै थप पाँच वटा रिट परेका हुन् ।


ADVERTISEMENT

# # #


आइतबार प्रधानमन्त्री ओलीले आकष्मिक मन्त्रीपरिषद्को बैठक बोलाएर प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेका थिए ।

सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेकी थिइन् । उक्त कदमको उल्ट्याउन माग गर्दै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् ।