काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेड बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लिबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैँकका ग्रहकलाई हस्पिटलमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट पाइने भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठज्यू र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे।


ADVERTISEMENT

# # #


बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।