काठमाडौँ – नबिल बैँक लिमिटेडले आफ्ना शेयरधनीलाई आ.व. २०७६/७७ को मुनाफा मध्येबाट करसहित ३५.२६ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


बैँकको मंगलबार सम्पन्न संचालक समितिको बैठकले शेयरधनी महानुभावहरुलाई कर सहितको कुल ३५.२६ प्रतिशत लाभांश (३३.५ प्रतिशत बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने बैँकले जनाएको छ ।

बैंकले आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८ अर्ब पुर्याएको छ । बैंकको संचालन मुनाफा रु. ५ अर्ब ९ करोड रहेको छ ।

आ.व. २०७५/७६ मा वित्तीय क्षेञबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजीबैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।