काठमाडौँ – पछिल्लो समय केपी ओली समूहमा लागेका नेपाल–कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्ने बताएका छन् ।


ADVERTISEMENT


औपचारिक विभाजको मुखमा रहेको नेकपाका अध्यक्ष ओली समूहको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित रहेको जिकरि गृहमन्त्री बादलले गरे । कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहेका नेतृत्वलाई साथ लिन आफू बैठकमा उपस्थित भएको उनले बताए ।

उनले भने, ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्ने छौं ।’ नेकपाबाट एउटा गुट अलग भएको भन्दै उनले प्रतिक्रियावादीहरूले यसमा खुशी र उत्सव मनाइरहे पनि जनता दुखित भएको बताए । नेकपाको राय्ट्रष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने उनले बताए ।

प्रचण्ड निकट मानिने पूर्व माओवादी नेता ‘बादल’ पछिल्लो समय ओलीसँग नजिएका थिए । तर, प्रतिधिसभा विघटनपछि उनी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि समूहको केन्द्रीय कमिटीको बैठकमा गएका थिएनन् ।

बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, बिहीबार नै ओलीलाई भेटेका बादल अन्ततः ओलीतर्फ लागेका छन् ।