काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।


ADVERTISEMENT


रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका छन् ।


ADVERTISEMENT

# # #


सामान्यता वरिष्ठताक्रम पालना गरेर संवैधानिक इजलास गठन गरिने गरिन्थ्यो । तर प्रधानन्यायाधीश जबराले यो पटक न्याय परिषद्ले उपलब्ध गराएको १४ न्यायाधीशको रोष्टरबाट संवैधानिक इजलासका लागि न्यायाधीश छनोट गरेका छन् । जबराले आफूपछिका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मीरा खड्कालाई इजलासमा पारेका छैनन् ।

सरकारले गत मंगलबार संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने घोषणा गरेको थियो । त्यसविरुद्ध परेका दर्जन बढी रिटमा प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाएको थियो ।