काठमाडौँ – रातो नम्बरप्लेटको निजी सवारीमार्फत यातायात सेवा दिइरहेको पठाओले चालक र यात्रुको बीमा गर्ने भएको छ ।


ADVERTISEMENT


एभरेस्ट इन्सोरेन्स प्रालिसँग सम्झौता गरी पठाओले चालक र यात्रु दुबैको ५ लाखसम्मको बीमा गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


पठाओका चालकहरु केही दिनदेखि बीमासहितका माग राखेर आन्दोलनरत छन् । उनीहरुले कम्पनीले लिने कमिशन घटाउनुपर्ने लगायतका माग राखेका छन् ।

यद्यपि, पठाओले भने चालकको आन्दोलनभन्दा पहिले देखि नै बीमाको प्रक्रिया शुरु गरेको बताएको छ । कम्पनीले २ वर्ष अघि सेवा शुरु गरेदेखि नै बीमाका लागि प्रक्रिया शुरु गरेकोमा राइड शेयरिङका लागि पोलिसी नहुँदा ढिलाइ भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममानसिँह बस्नेतले बताए ।

हाल नेपालमा टुटल, सारथी,सरर जस्ता विभिन्न राइड शेयरिङ सेवा सञ्चालनमा रहेकोमा बीमा सेवा शुरु गर्ने पहिलो कम्पनी पठाओ बनेको छ ।