काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को समकालिन राजनीतिमा हिम्मत र आँटकासाथ सशक्त, जुझारू र क्षमतावान् महिलाका रूपमा पहिचान बनाउन सफल नेतृ हुन् भगवती चौधरी । अझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन पराउने नेताहरूको सूचिमा चौधरीको नाम अग्रपंक्तिमा आउने गर्छ । तर आश्चर्य यो छ कि जब ओलीका तर्फबाट पार्टी, सांसद् वा सरकारको जिम्मेवारी दिने बेला हुन्छ उनै नेतृ चौधरीको नाम पटक पटक छुट्ने गरेको छ ।


ADVERTISEMENT


सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनमा बलिया प्रतिद्वन्दी बिजयकुमार गच्छदारसँग लडेकी नेतृले आफ्नो राजनीतिलाई मात्रै निखारेकी छैनन्, सो क्षेत्रमा रहेको कमजोर भोटलाई आकर्षक बनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पक्षमा बलियो जनमत तयार पारेकी छन् ।


ADVERTISEMENT

# # #


धाँधली भएर निर्वाचन परिणाम अझै सम्म पनि अदालती प्रक्रियामै रहे पनि करिब ४० हजार भोट ल्याउँदै आफ्नो क्षेत्रमा उनले सूर्य चिन्हको हाईहाईलाई सानदारले फहराई रहेकी छन् । सोही क्षेत्रमा गएर प्रधानमन्त्री ओलीले समेत नेतृ चौधरी सिँगो पार्टीका लागि र सरकारका लागि समेत आवश्यक भएकाले जिताईदिन जनता समक्ष आग्रह गरेका थिए । जिति सकेको चुनाब प्राबिधिक हिसाबले पक्षमा नहुँदा हिजोका दिनमा चौधरीलाई अघि सार्न ओलीलाई अफ्ठ्यारो भएको चर्चा पार्टीमा हुने गरेको छ । आज आएर परिस्थिति फेरिएको छ । आफ्ना कोर ब्यक्तिहरूलाई साथमा लिएर हिँड्नु पर्ने वर्तमान अवस्थामा प्रधानमन्त्री ओलीको अबको क्याबिनेट लिष्टमा नेतृ चौधरीको नाम पक्कै पनि छ भन्ने अधिकांशले अनुमान गरेका छन् ।

यतिबेला कम्युनिष्ट आन्दोलन दुई धु्रुवमा बाँडिरहँदा ओलीले क्षमतावान्, आफ्नो बिचार र बाटोमा सँधै साथ दिनेहरूलाई समेत नछुट्नेगरी लिएर हिँड्ने क्रममा चौधरीलाई यसपटक भने पक्कै न्याय हुन्छ भन्नेमा बिश्वस्त रहेको ओली निकट एक केन्द्रीय सदस्यले बताए ।

२०४८ साल देखि पार्टीमा आवद्ध भएर राजनीतिक र सामाजिक रूपमा आफूलाई अब्बल र खरो उतार्न सफल महिला नेतृका लागि समेत अब पनि अवसर नआउने हो भने बिश्वास गरिएको नेतृत्व र पार्टी प्रति नै निराशाको वातावरण बन्न सक्ने उनलाई नजिकबाट नियालेकाहरू बताउँछन् ।

चौधरी सुनसरीमा मात्रै होईन गरीबि निवारणका लागि देशब्यापी बिपन्न र असहाय तथा महिलाहरूको उन्नति र विकासका लागि काम गरिरहेकी सशक्त पात्र समेत हुन् ।

विभिन्न सामाजिक कार्यले जनताको नजरमा देवी सरह रहेकी भगवतीका लागि प्रधानमन्त्रीलाई बा नै मान्ने चौधरीलाई ओलीले संकटको यात्रामा सहयात्री बनाउन नबिर्सिएलान भन्ने चर्चा सर्बत्र छ ।