काठमाडौँ– २०७४एएफसी अन्डर १६ च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपाल, इराकसंग पराजित भएको छ ।


ADVERTISEMENT


काठमाण्डौको हल्चोकस्थित एपीएफको मैदानमा आज भएको समुह चरणको पहिलो खेलमा घरेलु टोली नेपाल, बलियो प्रतिद्धन्दी इरानसंग १–० ले पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि ६८ औ मिनेटमा इराकले विजयी गोल गरेको थियो ।


ADVERTISEMENT

# # #


डिबक्स भित्र विशाल सुनारको गल्तीको फाईदा उठाउद इराकका म्यान्डालावेले विजयी गोल गरे । नेपालले समुह चरणको दोस्रो खेलमा आगामी शुक्रबार इन्डियासंग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल रहेको समुह चारमा बंगलादेश, वहराईन, लेवनान र तुर्कीमिनिस्तान समावेश छन् । समुहको शीर्ष टोली एएफसीको प्रतियोगिताका लागि शिधै छनोट हुनेछ ।